बागमती प्रदेशमा प्रभावकारी बन्दै आमाबुवाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम, पाँच वर्षमा तीन हजार ६३८ बालबालिका लाभान्वीत

Jun 9, 2024 - 09:11
 0  74
बागमती प्रदेशमा प्रभावकारी बन्दै आमाबुवाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम, पाँच  वर्षमा तीन  हजार ६३८ बालबालिका लाभान्वीत

बिनीता कडेल चितवन।

 आमाबुवाविहीन बालबालिकाका लागी बागमती प्रदेश सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले आर्थीक वर्ष २०७५/२०७६ सालदेखी सुरु गरेको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो।

प्रदेश भित्रका १३ ओटै जिल्लामा विभिन्न कारणले आमाबुवा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । प्रदेश सरकारले आमाबुबा दुवैको मृत्यु भएको, बेपत्ता भएका वा इत्यादी कारणले संरक्षण तथा रेखदेखबाट बन्चित बालबालिकालाई उनिहरुको आधारभुत आवश्यकता उपभोग गर्न पाउने बालबालिकाको नैसर्गिक अधिकारबाट वञ्चित नबनुन भनेर २०७५ सालदेखी यो कार्यक्रम सुरु गरेको थियो ।

 जसअनुसार कार्यक्रम लागु गरेको वर्षमा मासिक रुपमा बालबालिका लाई २ हजार रुपैँयाका दरले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको थियो । अहिले प्रदेश सरकारले प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकि चन्द्र कुमारी ब्यञ्जनकारका अनुसार आमाबाबु नभएका बालबालिकालाई न्युनतम आधारभुत आवश्यकता परिपूर्ति गर्नका लागी उक्त कार्यक्रम लागु गरिएको हो ।

 व्यञ्जनकार भन्छिन्,“बालबालिकाको आमाबुबा नभए पनि स्वास्थ शिक्षामा केहि सहयोग होस् भनेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो “। उनले थपिन्, ‘आमाबुबा गुमाएका बालबालिकाहरु सानै उमेरदेखि अपहेलित हुने लालनपालनबाट वञ्चित हुने, शिक्षा , स्वास्थ्य, जस्ता आधारभुत आवश्यकताबाट समेत बञ्चित हुनुपर्नेजस्ता समस्या समाधान वा न्युनिकरणमा केही हदसम्म भएपनि कम गर्न सकियोस भनेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरु गरिएको हो ।‘ ब्यञ्जनकारले भनिन् ।

 व्यञ्जनकारका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण आश्रममा भएका बालबालिकाहरुलाई भने लागु गरिएको छैन । यो कार्यक्रमअनुसार सरकारबाट छुट्टयाइएको सामाजिक सुरक्षा भत्ता अन्तर्गतको बजेट स्थानिय सरकार पालिका ,गाउँपालिका ,नगरपालिका, र महानगरपालिका को समन्वयमा लक्षित वर्ग आमाबुबा गुमाएका बालबालिका सम्म पुर्‍याउने गरिएको छ।

 चितवनमा पनि यो कार्यक्रम लागु भएपछी लक्षीत वर्ग आमाबुवाविहीन बालबालिका लाभान्वित भएका र ठूलो राहत महसुस गरेको पाइएको छ।

 चितवन जिल्लाको भरतपुर महानगरपालिको स्वास्थ्य तथा सामाजिक विकासको निर्देशक शान्ता कुमारी पौडेलका अनुसार भरतपुर महानगरपालिका भित्रबाट ११ जना आमाबाबु बिहिन बालबालिकाले सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

 पौडेलको अनुसार भरतपुर महागरपालिकाले ६/६ महिनामा आमाबुबाविहीन बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ। विगतका वर्षमा लक्षित बालबालिकालाई नगद पैसा दिने गरेकोमा यो वर्षबाट भने बैंक खातामा पैसा पठाउने वा जम्मा गरिदिने गरिएको छ।

 पौडेलले भनिन्,‘भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य तथा सामाजिक विकास महाशाखामा आवस्यक कागजातहरु बुझाएका आमाबुवाविहीन बालबालिकालाई मात्र सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ ।‘

यता लक्षित बालबालिका र उनिहरुको संरक्षक एवं अभिवाबक पनि यो कार्यक्रमबाट निकै ठुलो राहत महसुस गरेको पाइएको छ। भरतपुर १९ मा बसोबास गर्ने पीयूष परियारकि हजुरआमा मनकला परियार लालनपालन सहित सबै खर्चलाई नपुगेपनि पियूषलाई पढ्नका लागी भने रकम जसो पुराएको बताउछिन्। उनि भन्छिन् ‘आश्रममा बसेका बालबालिकाहरुलाई विभिन्न संघसंस्थाहरुबाट सहयोग आउछ तर आश्रमा नभएको टुहुरा बालबालिकालाई खान लाउन पनि निकै गार्‍हो हुन्छ। धन्न सरकारले महिनाको दुई हजार रुपैयाँ दिएको छ र जसो तसो गरेर नाति पढाएको छु “। पीयुशको आमाबुबाको कुनै अत्तोपत्तो छैन ।

 यस्तै रोशनी चन्दका दाई पूर्णबहादुर ठकुरी पनि अनाथ बच्चाहरुलाई भनेर आएको बजेटले केहि राहत मिलेको अनुभव सुनाउँछन्। भरतपुर १८ मा बसोबास गर्ने रोशनी चन्दको आमाको मृत्यु भए पछि बुबाले अर्को बिहे गरे। त्यसपछी उनि अन्य आफन्तको सहारा खोज्नन बाध्य बनिन्, त्यसपछी बिगत ४ वर्षदेखि आफ्नो ठुलो बुबाको घरमा बस्दै आएकी छन् ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभित्र आर्थीक वर्ष २०७५÷०७६ मा कुल १३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका थिए। जसमध्ये ८ बालक र ५ बालिका रहेका छन्। भक्तपुरमा ८ र मकवानपुरमा ५ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए। यस्तै आर्थीक वर्ष २०७६÷०७७ मा कुल ८० जनाले सामाजिक सुरक्षा भत्ता पाएका थिए। जसमध्ये ४८ बालक र ३२ बालिका रहेका छन्। भक्तपुरमा ३१, धादिङमा ११, सिन्धुपाल्चोकमा ६३,काभ्रेपलान्चोकमा १५ र मकवानपुरमा ८ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए।

 यसैगरी आर्थीक वर्ष २०७७÷०७८ मा कुल ८५०जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन्। जसमध्ये ४०८ बालक र ४४२ बालिका रहेका छन्। काठमाडौमा ५०, ललितपुरमा ४४, भक्तपुरमा ३३, धादिङमा ६३, नुवाकोटमा ४४, सिन्धुलीमा २८, रामेछापमा ७९, दोलखामा ६०, सिन्धुपाल्चोकमा ६२, रसुवामा ४१, काभ्रेपलान्चोकमा २६१, मकवानपुरमा ५१ र चितवनमा २४ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए।

यस्तै आ. व. २०७८÷०७९ मा कुल १ हजार ३२९ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन्। जसमध्ये ७३६ बालक र ५९३ बालिका रहेका छन्। त्यसवर्ष काठमाडौमा ८४, ललितपुरमा ३१, भक्तपुरमा ३८, धादिङमा ९५, नुवाकोटमा १५५ ,सिन्धुलीमा ६०, रामेछापमा ६५, दोलखामा ११९, सिन्धुपाल्चोकमा १२६,रसुवामा ३२, काभ्रेपलान्चोकमा ४२८, मकवानपुरमा ६२ र चितवनमा २२ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए।

आर्थिक वर्ष २०७९÷२०८० मा एक हजार ३६६ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन्। जसमध्ये ७१४ बालक र ६५२ बालिका रहेका छन्। जिल्लागत तथ्यांक हेर्दा काठमाडौमा ५४, ललितपुरमा १३, भक्तपुरमा ११, धादिङमा १०१, नुवाकोटमा १८७, सिन्धुलीमा ७३, रामेछापमा ८२,दोलखामा १६७, सिन्धुपाल्चोकमा ९९, रसुवामा २३, काभ्रेपलान्चोकमा ३४७, मकवानपुरमा ९५ र चितवनमा ७८ जनाले सामाजिक सुरक्षा भत्ता लिएका थिए।

 सरकारको तथ्यांक हेर्दा हरेक वर्ष बाबुआमा विहिन बालबालिकाको संख्या धमाधम बढ्दै गएको पाइएको छ। यसले गर्दा राज्यलाई आर्थीक भार सँगसँगै अन्य संबन्धीत धेरै समस्या र जटिलताको जोखिम पनि थपिने प्रष्ट छ ।

अर्कातिर यो कार्यक्रम दुरदराज तथा विकट ग्रामिण क्षेत्रका लक्षित वर्गमा के कसरी कार्यन्वायन भएको छ, प्रभावकारीता कत्तिको छ, यसको निगरानीका लागी संबन्धीत स्थानिय तहलाई पनि जागरक बनाउन आवश्यक देखिन्छ अर्कातिर यो कार्यक्रम समुदायमा के कसरी पुगेको छ, कुनै बालबालिका छुटेका पो छन् की भन्नेतर्फ पनि स्थानियको समेत चेतना स्तर बढाएर छुटेको लक्षीत वर्गालाई समेट्न आम सर्वसाधरणलाई पनि जागरुक बनाउनुपर्ने देखिन्छ ।

यससँगसँगै केन्द्र सरकारबाट देशैभर रहेका ७ सय ५३ वटै स्थानिय तहहरुमा यो कार्यक्रम लागु गरेर स्वास्थ्य शिक्षा जस्ता आधारभुत आवश्यकताबाट वञ्चित लक्षित वर्ग समेट्नु पर्ने आवश्यकता देखीन्छ, ताकि आमाबाबुबिहिन बालबलिकाहरु प्नि शिक्षा स्वास्थ्य जस्ता आधारभुत आवश्यताहरुबाट बञ्चित हुन नपरोस् र सरकारबाट अभिावकत्व महसुस गर्न सकुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow