प्रभावकारी बन्दै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम

Jun 1, 2024 - 15:33
 0  106
प्रभावकारी बन्दै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम

बिनीता कडेल

चितवन

 सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै गएको पाइएको छ ।’स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण हुन्छ’ भन्ने मान्यतास्वरुप नेपाल सरकारले आर्थिक वर्ष २०७७÷७८ बाट देशभरका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक अर्थात बालविकासदेखि कक्षा ५ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमको सुरुवात गरेको हो ।

जसअनुसार अहिले सरकारले प्रतिविद्यार्थी १५ रूपैयाँको दरले दैनिक खाजा खुवाउँदै आएको छ। त्यसमा चितवनको भरतपुर महानगरपालिका भित्रका १ सय १२ सामुदायिक विद्यालयले प्रत्येक दिन फरकफरक प्रकारका खाजा खुवाउने गरेका छन्। हप्तामा विद्यालय जाने दिनमा जाउलो, अण्डा, दूध, खिर, समोसा, रोटी तरकारी , मासु चिउरा तथा हलुवा सम्म (आ- आफ्नो विद्यालयअनुसार) फरकफरक किसिमका खाजाहरु विद्यालयमा विद्यार्थीहरुलाई खुवाउने गरेका छन्।

 प्राय सामुदायीक विद्यालयमा पढ्ने बालबालिका विपन्न परिवारका भएकाले दिवा खाजा प्रभावकारी बनेको सिद्धिविनायक माध्यमिक विद्यालय भरतपुर महानगरपालिका ११ का प्रधानाध्यापक शिव कोईराला बताउँछन्। प्र.अ. कोइरालाकाअनुसार विगतमा कोही विद्यार्थीले घरबाटै खाजा लिएर आउँथे त केही आर्थीक स्थीती सहज भएका परिवारका बालबालिकाले पैसा पनि लिएर आउथे भने अति विपन्न परिवारका बालबालिकाहरु न खाजा न पैसा, रित्तै आउँथे । त्यसले ति विपन्न परिवारका बालबालिकाहरु अन्य साथीहरुले खाजा खाँदा टुलुटुलु हेर्नु सिवाय केही गर्न सक्दैनथे । तर अहिले विद्यालयमै खाजा पाउन थालेपछि सबै संगै बसेर एउटै खाजा खाने गरेका छन्।

 यस्तै कमजोर आर्थिक अवस्थाका विद्यार्थीका लागि दिवा खाजाले धेरै सजिलो बनाएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक नबराज पोखरेलको भनाई छ। विद्यार्थीहरु विद्यालयमै समोसा, चिउरा तरकारी, हलुवा ,खिर ,पुरी तरकारी जस्ता खाजा खान पाइने भएपछी खास गरेर विपन्न तथा न्युन आर्थीक अवस्था भएका परिवारका बालबालिका बढी आकर्षीत भएको उनले बताउँछन्। उनी भन्छन्,‘ विगतमा कहिलेकाहीँ मात्र पढ्न आउने विद्यार्थी खाजाकै लागि अहिले नियमित आउने गरेका छन्, यसले उनिहरुको शैक्षिक प्रगती पनि बढ्दै गएको छ‘ ।

 त्यस्तै कतिपय विद्यालयहरुले भने त्यो १५ रुपैयाको खाजा विद्यार्थीहरुलाई अलिक अपुग भएको गुनासो आउने गरेको बताएका छन् । आदिकवि भानुभक्त माध्यमिक विद्यालयका सुचना अधिकारी डम्बरबहादुर शाही ठकुरी भन्छन्, सरकारले सुरुवात गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी त छ, तर काठमाडौंमा मेयर बालेनले जस्तै चितवनमा पनि महानगर तथा नगरपालिकाले यसमा केही थप सहयोग गरे दिवा खाजालाई अझै व्यबस्थीत रुपमा पौष्टीक आहार थपेर अझ प्रभावकारी बनाउन सकिन्थ्यो।

यो कार्यक्रमबाट एकातिर विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको छ भने अर्कोतिर विद्यार्थी उनिहरुका अभिभाबक पनि यसबाट लाभान्वित भएका छन्। अभिभाबकहरुले आफ्ना बच्चाहरुले दैनिक रुपमा स्कुलमै खाजा खान पाउने भएपछी आँफुहरुलाई खाजाको विषयमा दैनिक रुपमा हुने गरेको पिरलोबाट मुक्त भएको बताउछन्।

 सुरुसुरुमा विद्यालय जान भनेपछी परपर दौडिने विद्यार्थी बिबेक बिक यतिबेला भने स्कुल जान हतार गर्दै थिए। उनि कक्षा ४ मा पढ्छन्।घरमा उनिकी ६५ वर्षकी बुढी हजुरआमा छलिदेवि विक छिन्। नातिले विद्यालयमा दिवा खाजा कार्यक्रम लागू भएसँगै स्कुल पनि नियमित जान थालेका छन् भने विगतमा खाजाको जोहो गरिदिनुपर्ने बाध्यता अहिले हटेपछी छलिदेवीलाई पनि आनन्द छ । उनि भन्छीन्,‘शरीरमा तागत छउन्जेल मेलापात गर्थे, हिजोआज सक्दिन, अहिले आम्दानी भनेको त्यही वृद्ध भत्ताबाहेक केही छैन। त्यो पनि उसैको कापी किताब र बिहानबेलुकाको खाना खर्चमा जान्छ,दिनहुँ खाजा पठाउन परेको भए अहिले यो स्कुल नै जान पाउदैथ्यो।‘

यस्तै मनप्यारि खनाल पनि छोरी कमला खनाल स्कुल जान भनेपछी हुरुक्कै गरेको देखेर मनैदेखी गदगद छिन्, पैलेपैले स्कुल पठाउँदा साथीहरुले खाजा खादा मलिन मुख लगाउने र घरबाट खाजा वा पैसा नभै जान नमान्ने छोरी स्कुलमा खाजा खान पाइने भएकोले बिहान खाना नै नखाए पनि केही नबोली जान्छिन् । उनि भन्छिन्, ‘पहिले विद्यालय जाँदा खाजा लान सम्भव थिएन, खाजा त परको कुरा बिहान बेलुकी खानाको पनि टुंगो हुँदैन। छोरीलाई त अचेल स्कुलमै कहिले चना अण्डा, कहिले हलुवा त कहिले दूध पाउरोटी दिन्छन् भन्दै खुसी हुँदै जान्छे मलाई पनि सजिलो छ।‘

 दिपा भट्टराईकि जेठि छोरि यता कक्षा चारमा पढ्ने दिलीसा भट्टराईकी आमा दिपा भन्छिन्, “स्कुलमा खाजा दिन थाले पछि छोरीले घरमा पकाएको खाने कुरा पनि मन लागेर खान थालेकी छ“ । दिवा खाजाले गर्दा छोरीमा सकारात्मक परिवर्तन आएको छ भने घरबाट खाजा बनाएर पठाउन खोज्दा पनि उसले स्कुलमा सबै जनाले आज यो खाजा खाने दिन हो भन्दै लैजानै मानिदन‘। दिपा निकै खुसी देखिन्थीन् ।

यस कार्यक्रमका लागी भरतपुर महानगरपालिका भित्रका १ सय १२ वटा सामुदायिक विद्यालयहरुमा दिवा खाजा अनुदान दिइएको छ। जसमा प्ररम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बीस हजार ५ सय जना विद्यार्थीहरुले एक सय ८० दिनको लागि दिवा खाजा पाएका छन्।

 महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाकी मिना सुनारका अनुसार नेपाल सरकारबाट दिवाखाजाका लागि विनियोजन गरिएको बजेट अनुदान तीन किस्तामा विद्यालयलाई दिइन्छ । जसअनुसार, आ.व.२०८०÷८१ म पहिलो किस्ता १ करोड ५० लाख ६७ हजार ५०० रुपैयाँ र दोस्रो पटक १ करोड १७ हजार १ सय ८० रुपैयाँ बजेट निकासा भएको छ भने अन्तिम अर्थात तेश्रो किस्ताबापतको बजेट निकासा हुन बाकी छ“।

यस्तै अघिल्लो आ. व २०७९÷८० मा भरतपुर महानगरपालिका भित्रका १ सय २३ वटा सामुदायिक विद्यालयहरुमा ५ करोड ५९ लाख ७९ हजार ४०१ रुपैयाँ बजेट यस कार्यक्रमका लागी निकासा गरिएको थियो । भने आ. व २०७८÷७९ मा महानगर भित्रका १ सय २४ वटा सामुदायिक विद्यालयहरुमा ४ करोड ५६ लाख ५७ हजार ३९१रुपैयाँ निकासा गरिएको थियोे । त्यस्तै आ. व २०७७÷७८ मा भने २९ वटा सामुदायिक विद्यालयमा ९ लाख ५६ हजार निकासा गरिएको थियो।

राज्यले यति ठुलो रकम विद्यार्थीहरुको खाजा खर्चमा लगानि गरेकोले यसलाई प्रभावकारी बनाउनका लागी महानगर समयसमयमा अनुगमन र निगरानी समेत गर्ने गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow