बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

Mar 23, 2024 - 12:36
 0  101
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

बझाङ, १० चैत

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

 गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् ।

 जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्वर्गीय सिंहको शव परीक्षणका लागि जिल्ला पु¥याउने तयारी भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow