देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

Mar 23, 2024 - 11:19
 0  79
देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा छिटफुटदेखि हल्का पानी परिरहेको छ । आज दिनभरजसो नै वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण केही दिनयता नेपालमा वर्षा हुँदै आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी, वाग्मती, र गण्डकी प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow