‘क्रिकेट रङ्गशाला दु्रुत गतिमा निर्माण हुन्छ’

Mar 22, 2024 - 09:45
 0  81
‘क्रिकेट रङ्गशाला दु्रुत गतिमा निर्माण हुन्छ’

भरतपुर । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो काम द्रुत गतिमा निर्माण हुने बताएकी छन् । बिहीबारदेखि सुरू भएको इन्डो नेपाल टि–२० च्याम्पियनसिप प्रतियोगिताको उदटन गर्दै प्रमुख दाहालले यू १९ महिला विश्वकप खेल यही रङ्गशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्ने उल्लेख गरिन् । ‘फागुन १७ गते टेन्डर आह्वान भएको छ, उनले भनिन्, ‘रङ्गशाला निर्माण हुन्छ कि हँुदैन भन्ने आशंका पनि हट्यो । महानगरले द्रुत गति रङ्गशाला निर्माणको नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।’ यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गराउनका लागि नेपाल क्रिकेट संघ, खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई अनुरोध गरिएको उनको भनाइ छ । रङ्गशाला निर्माणको लागि संघ, प्रदेश र भरतपुर महानगरको संयुक्तरुपमा सहकार्य गरी अगाडि बढेकाले निर्माणको कार्यले छिटोभन्दा छिटो पूर्णता पाउने प्रमुख दाहालले बताइन् । भरतपुर महानगरपालिका क्रिकेटमा मात्र नभई सबै प्रकारको खेलकुद गतिविधि गर्ने नेपालकै उत्कृष्ट पालिकाको रुपमा सम्मानित भएको स्मरण गरिन् । प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विगत पाँच महिनादेखि निरन्तर रुपमा खेलकुद गतिविधि सञ्चालन हुँदै आइरहेको बताइन् । अगामी चैत २६ गतेदेखि बागमती प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगिता भरतपुरमै हुन लागेको सो अवसरमा प्रमुख दाहालले जानकारी दिइन् । प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, स्वीमिङ, तेक्वान्दोलगायतका विभिन्न विद्याको खेल हुँदैछ । बिहीबारदेखि सुरू प्रतियोगितामा दुई भारतीय क्लबसहित छ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

 पहिलो खेल भरतपुर–११ र बागमतीबीच हुने आयोजकले जनाएको छ । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका तीन प्रादेशिक टोली (बागमती, सुदूरपश्चिम र मधेस) तथा भरतपुर–११ सहभागी हुँदै छन् भने भारतबाट तलतला इन्स्टिच्युट कोलकता र पिएसआर ग्रुप लखनउको सहभागिता रहेको छ । भारतीय टोलीका खेलाडीमा भारतको चर्चित रणजी ट्रफी खेलिसकेका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता राउन्ड रोबिन आधारमा खेलाइने क्रिकेट सङ्घका सचिव सुरज ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस प्रतियोगिताले भ्रमण वर्ष २०२४ को प्रवद्र्धन एवं क्रिकेट जगत्मा नेपाल र भारतको सम्बन्धलाई उचाइमा पु¥याउने जनाइएको छ । प्रतियोगितामा कुल १८ खेल हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow