देशभरको मौसम बदली, केहि स्थानमा हल्का वर्षा

Mar 20, 2024 - 09:27
 0  22
देशभरको मौसम बदली, केहि स्थानमा हल्का वर्षा

काठमाडौँ । देशका अधिकांश स्थानमा यतिबेला मौसम बदली भएको छ भने हल्कादेखि मध्यम वर्षा भएको छ ।

देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज उपत्यकासहित बाग्मती, मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँका साथै पहाडी भेगका अरु एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का पानी पर्न सक्ने उहाँले बताउनुभयो । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow