सहकारी पिडितप्रति गृहमन्त्री लामिछानेको वेवास्ता, प्रहरीले गर्‍यो दमन

Mar 16, 2024 - 11:04
 0  22
सहकारी पिडितप्रति गृहमन्त्री लामिछानेको वेवास्ता, प्रहरीले गर्‍यो दमन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने गृहमन्त्री भएपछि सहकारी पिडित आन्दोलनकारीप्रति निर्मम देखिनुभएको छ । उहाँले मिटर व्याज पिडित र लघुवित्त पिडितको माग सम्वोधन गर्ने सम्झौता गरेपनि सहकारी पिडितहरुप्रति भने वेवास्ता गरेको पाइएको छ । उहाँ आफै सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागिरहेका बेला उहाँले सहकारी पिडितहरुलाई गरेको निर्मम व्यवहारले उनीमाथी थप शंका बढाएको छ ।

 लामिछानेले सहकारी पिडितहरुसँग वार्ता गरेर समस्या समाधान गर्नुको सट्टा उल्टै दमन गरेको पिडितहरुले बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघको आन्दोलनमा लामिछाने मातहतको प्रहरीले हस्तक्षेप गरेर आन्दोलनकारीहरुलाई निर्मम कुटपिट र पक्राउ गरेको छ । अन्य आन्दोलनबाट पक्राउ परेकाहरुलाई एकैदिनमा छाड्ने गरेकोमा सहकारी पिडित आन्दोलनकारीहरुलाई भने प्रहरीले धेरै समय थुनेर बढी दुःख दिएको छ ।

आन्दोलनका क्रममा प्रहरीको कुटपिटबाट गम्भीर घाइते हुनुभएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसीको अहिले विर अस्पतालमा उपचार भइरहेको छ । उहाँको शरिरका धेरै ठाउँमा घाउ र निल डाम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । प्रहरीले सहकारी पिडितहरुले चलाउदै आएको आन्दोलन दवाउन त्यसका नेतृत्वकर्तालाई नै निर्मम कुटपिट र पक्राउ गरेपछि सहकारी पिडितहरु थप आक्रोसित भएका छन् । 

उनीहरुले आन्दोलन अझ बढी चर्काउने चेतावनी दिएका छन् । गृहमन्त्री लामिछानेले सहकारी पिडितहरुको आन्दोलनप्रति वेवास्ता गर्ने र प्रहरीले आन्दोलनकारीहरुलाई कुटपिट र पक्राउ गर्नुले सहकारी बचतकर्ताहरुप्रति लामिछाने पुर्वाग्रह नै रहेको पिडितहरुको दावी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow