भरतपुरको एक घरमा विजुलीको तार सर्ट भई आगलागी

Mar 16, 2024 - 08:26
 0  39
भरतपुरको एक घरमा विजुलीको तार सर्ट भई आगलागी

चितवन, चैत ३

- भरतपुर महानगरपालिका–११ गुम्बा नजिकैको एउटा घरमा विजुलीको तार सर्ट भई आगलागी भएको छ । शुक्रबार राति ८ः१० बजेको समयमा स्थानीय हरकराज साहको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो । स्थानीय र भरतपुर महानगरपालिकाको दुई वटा दमकलको सहयोगमा राति ८ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । आगलागीबाट मानविय तथा चौपाय क्षति नभएको उनले बताए । भौतिक क्षतिको थप विवरण आइसकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow