एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

Feb 11, 2024 - 12:13
 0  139
एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो । ६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा ग¥यो । यो नेपालको लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा हिजो हङकङलाई पराजित गरेको थियो । नेपाल रहेको समूह डी मा हङकङ, माल्दिभ्स र भुटान छन् । नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow