पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

Jan 30, 2024 - 11:26
 0  19
पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

काठमाडौँ, १६ माघ

पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२९ हाँडीगाउँ घर भएका ४३ वर्षीय ग्रिस बिलास जोशी छन् । सुस्मिता थापालाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । पोल्याण्ड जान ‘३० लाख लाग्छ’ भन्दै आरोपीले त्यहाँ होटलको वेटरमा जागिर लगाइदिन्छु भनेर रकम असुलेका हुन् । जमलबाट पक्राउ गरेर उनलाई कानूनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow