सुनचाँदीको मूल्य स्थिर

Jan 7, 2024 - 14:22
 0  138
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow