राप्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

Nov 24, 2023 - 16:47
 0  21
राप्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

रत्ननगर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । लोथर खोलाको किनारमा घाँस काट्न गएका सो नगरपालिका वडा नं १ दुबीचौरका ४३ वर्षीय हरी पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो । श्रीमतीसहित गाउँलेहरुसँग घाँस काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो । पौडेलसँग गएकी उनकी श्रीमती र गाउँलेहरुले भने भागेर ज्यान जोगाएका छन् । राप्ती नगरपालिका खण्डमा बाघले आक्रमण गरेको भएपनि पौडेललाई निकुञ्जभन्दा बाहिर मनहरी क्षेत्रको चौरमा लगेर बाघले मारेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow