भोलिदेखि चितवन नारायणी महोत्सव

Nov 21, 2023 - 11:55
 0  333
भोलिदेखि चितवन नारायणी महोत्सव

भरतपुर । नारायणी नदीकिनारमा भोलि बुधबारदेखि चितवन नारायणी महोत्सव सञ्चालन हुँदैछ । रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा मङ्सिर ६ गतेदेखि १६ गतेसम्म महोत्सव हुन लागेको हो ।

 महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर महोत्सव गर्न लागिएको रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए ।

उनका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रूपैयाँ र अन्यलाई ७० रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहने उनले बताए । उनका अनुसार सबै स्टल बुकिङ भइसकेका छन् । महोत्सवमा दैनिक ५ जनाभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने उनले जानकारी दिए । दैनिक पाँच हजार जनाले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।

 महोत्सव सम्पन्न गर्न ५७ लाख रूपैयाँ खर्च हुने अनुमान छ । रिकभरिङ युनाइटेडले हालसम्म एक हजार ५०० जना लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचार गरिसकेको छ । औद्योगिक शान्ति नेपालका महासचिव शंकर गुरूङले महोत्सव अवधिभर ५० भन्दा बढी कलाकारले प्रस्तुति दिने बताए । त्यस्तै, महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतको स्टल रहने छन् भने निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुव्र्यसनीविरूद्ध सचेतनामूलक कार्यक्रम र अन्तर्राष्ट्रियस्तरका बाल उद्यान रहने उनले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow