एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं ।
नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । शनिवारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान मंगलबार विहानलाई सारिएको थियो ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार केही बेरमा मतदान सुरू हुँदैछ ।
एमालेमा लुम्बिनी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।
What's Your Reaction?






