राष्ट्रियसभा बैठकको समय सारियो

Aug 22, 2023 - 13:12
 0  144
राष्ट्रियसभा बैठकको समय सारियो
काठमाडौं, ५ भदौ
राष्ट्रियसभा बैठकको समय सारिएको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा सारिएको उल्लेख छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।
विगत एक महिनादेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण संघीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow