प्रतिनिधि सभा बैठक बस्दै, एमाले केही लचिलो बन्ने संकेत

Aug 20, 2023 - 12:22
 0  23
प्रतिनिधि सभा बैठक बस्दै, एमाले केही लचिलो बन्ने संकेत
काठमाडाैं भदौ ३,
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज (आइतवार) प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।
६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण साउन १० पछि बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नै पाएको छैन । आजको बैठक पनि एमालेले अवरोध गर्ने सम्भावना कायमै छ ।
यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि संसद्को अवरोध हट्ने विश्वास व्यक्त गरेका थिए । उनले शनिवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा आइतवारदेखि सदनको अवरोध हट्ने विश्वास व्यक्त गरेका थिए ।
शनिवार नै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सदनको अवरोध संविधान र कानूनले नै बर्जित गरेको बताएका थिए ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले अब संसद्लाई रचनात्मक बनाउन आज केही सहजता गर्ने संकेत गरेका छन् । अब संसद्लाई रचनात्मक बनाउन सकिन्छ कि भनेर आज केही न केही सहयोग र सहजता गर्ने उनले बताए । ‘संसद् प्रश्न सुन्ने र खबरदारी गर्ने थलो हो । हामीले सरकारको विजनेसमा असहमति राख्ने कुरा एकातिर छ । तर देशभर पछिल्लो समय समस्या आएका छन्,' उनले भने, 'हामीले एक प्रकारको माग राखेर विरोध गर्दा सांसदको बोल्ने अधिकार हनन् नहोस् भन्नेतर्फ पनि ख्याल गर्नुपर्ने भएको छ । शून्य समय सरकारको नभएर सांसदको समय हो । यसैले सरकारको विजनेसमा असहमति राख्ने र सांसदलाई बोल्न दिएर जाने हो कि भन्ने सुझाव सांसदहरूबाट आएका छन् । यसैले अब संसद्लाई रचनात्मक बनाउन सकिन्छ कि भनेर हामी भोलि (आइतवार)केही न केही सहयोग र सहजता गर्नुपर्छ भन्नेमा छौं ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow