रवि लामिछानेले सीआईबीलाई भने,– पूर्व प्रधानमन्त्रीहरूसँग पनि बयान लिनुपर्छ

Aug 20, 2023 - 12:20
 0  212
रवि लामिछानेले सीआईबीलाई भने,– पूर्व प्रधानमन्त्रीहरूसँग पनि बयान लिनुपर्छ
काठमाडाैं, भदौ ३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितानिवास प्रकरणमा निर्णयकर्ता सबैको बयान लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा फेसबूकमार्फत धारणा राख्दै रविले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई कसैको आदेश नसुन्न र पूर्व प्रधानमन्त्रीहरूको बयान लिएर मात्र फाइल पेश गर्न आग्रह गरेका हुन् ।
‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललितानिवास प्रकरणका निर्णयकर्ता सबैको बयानविनाको अपूरो अधुरो फाइल पेश नगरोस्,’ लामिछानेले लेखेका छन्, ‘गृहमन्त्रीज्यू केही त गडबड छ ! ठूलै गडबड छ।’
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान नलिई सीआईबीले फाइल सरकारी वकिललाई बुझाउने तयारी गरिरहेका बेला रविले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow