सुनचाँदीको भाउ घट्यो

Jul 31, 2023 - 12:00
 0  145
सुनचाँदीको भाउ घट्यो

काठमाडौँ

 सुनको भाउ सोमबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow