मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

Jul 31, 2023 - 11:51
 0  250
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु
मकवानपुर साउन १५
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow