लेदो सहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, खुल्न ४ घण्टा लाग्ने

Jul 30, 2023 - 11:14
 0  82
लेदो सहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, खुल्न ४ घण्टा लाग्ने

मुग्लिन । लेदो सहितको पहिरो खसेका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । करिब पौने १० बजेतिर इच्छाकामना गाउँपालिका ६ कालिखोलामा लेदो सहितको पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको उक्त सडकखण्डका साइट सुपर भाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाएर राजमार्ग खुलाउन ३ देखि ४ घण्टा लाग्न सक्छ । यस्तो सो क्षेत्रमा अहिले पनि वर्षा भैरहेको र लेदो झर्ने क्रम नरोकिएको उनले बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow