शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाहरुको सङ्ख्या बढ्यो

Sep 4, 2023 - 22:11
 0  115
शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाहरुको सङ्ख्या बढ्यो

विनिता कंडेल भदौ १८ चितवन

 भरतपुरकी माया पाण्डेले आफ्ना दुई सन्तानलाई सामान्य प्रक्रियाबाटै जन्म दिइन् । तर, तेस्रो सन्तानलाई जन्म दिने मितिको करिब २ साता अघि जाँच गर्दा गर्भमा रहेको शिशु उल्टो बसेको जानकारी चिकित्सकले दिए । बच्चा ठुलो र उल्टो बसेकोले नर्मल डेलिभरी सम्भव नभएपछी सल्यक्रिया गर्नुपर्ने सुझाव चिकित्सकले दिए।

त्यसपछी सामान्य सुइसमेत लगाउन डराउने मायाको डरको सिमा रहेन र छाँगाबाट खसेजस्तै भइन र चन्तित बनिन्। डेलिभरीको समय नजिकियो, उनले आफु र आफ्नो सन्तानको लागि जोखिम मोल्न चाहिनन् र शल्यक्रिया मार्फत सन्तानलाई जन्म दिइन्।

यो त एक प्रतिनिधीमुलक उदाहरण मात्रै हो, यस्तैगरि हरेक नारिहरु जीवन र मृत्युलाई चुनौती दिएर सन्तान जन्माउँछन् र आमा बन्छन् । तर, पछिल्लो समय यस्तो प्रक्रिया अलिक फरक छ । परिस्थीतिबस बाध्य भएर शल्यक्रियामार्फत बच्चा जन्माउनु त स्वभाविक हो तर केहि समय मात्रै पनि प्रसव पिडा सहन नसकेर तत्कालै शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रमसमेत बढ्दै गएको छ ।

स्वास्थ्य कार्यलय चितवनको तथ्यांकअनुसार चितवनमा गत आर्थिक वर्ष २०७९/२०८० मा भएका कुल १६ हजार ८१५ वटा डेलिभरी केसमध्ये ७ हजार १८६ जनाको सल्यक्रियाबाट सुत्केरि गराइएको छ । भने त्यस्तै ३४२ जनाको त औजारद्वारा सल्यक्रिया गरि सुत्केरी गराइएको छ। यो अबधीमा ९ हजार २८७ जना मात्रै सामान्य प्रक्रियाबाट सुत्केरी भएका छन् । यो अवधीमा २५१ शिशु र १० आमाले ज्यान गुमाएको तथ्याङ्क कार्यलयमा छ ।

 यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १६ हजार एक वटा डेलिभरी केसमध्ये ९ हजार ४४४ वटा सामान्य ६ हजार २४२ वटा सल्यक्रिया, र ३१५ जनाको औजारद्वारा डेलिभरी गराईएबमे थियो । सो अबधीमा २४४ शिशु र १०आमाले ज्यान गुमाएका थिए।

 भने आ.व. ०७७/७८ मा १५ हजार ४८८ डेलिभरी केसमा ९ हजार ४१० वटा सामान्य डेलिभरी, ५ हजार ७५९ वटा सल्यक्रिया र ३१९ जनाको औजारद्वारा डेलिभरी भएको कार्यलयले देखाउँछ । सो अवधीमा ३१८शिशु र ११आमाले ज्यान गुमाएका थिए।यो तिन वर्षको तथ्यांक हेर्ने हो भने चितवनमा सामान्य डेलिभरीको संख्या घट्दै गएको देखिन्छ भने सल्यक्रियाबाट डेलिभरी हुनेको सङ्ख्या बढ्दै गरेको देखिन्छ ।

 चिकित्सकहरुका अनुसार पछिल्लो समय शल्यक्रियाद्वारा बच्चा जन्माउने क्रम अस्वाभाविक रुपमा बढ्दो देखिएको छ । कार्यलयकी सार्वजनिक स्वास्थ्य अधिकृत तथा नर्स नन्दकला चापागाईंले यसरी सल्यक्रिया गर्नेको संख्या बढ्नुमा अहिलेका महिलाहरुमा सहनसक्ने क्षमता घट्नु र सामान्य डेलिभरी भन्दा सल्यक्रियाबाट बच्चा जन्मााउन सहज मान्नु नै प्रमुख कारण छ ।

गर्भमा रहेको बच्चामा कुनै समस्या देखिए चिकित्सकहरुले नै शल्यक्रियाका लागि सिफारिस गर्छन्, जुन अनिवार्य पनि हो । तर, कतिपय अवस्थामा महिला आफैले शल्यक्रियाद्वारा बच्चा जन्माउने इच्छा प्रकट गर्ने गरेका छन् । तर विभिन्न अध्ययनअनुसार पनि शल्यक्रियामार्फत भन्दा सामान्य प्रक्रियाबाट बच्चा जन्माउनु र सुत्केरी हुनु राम्रो मानिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow