चितवनमा तस्करले फेरी एकैपटक दुई गैँडा मारे

Nov 17, 2023 - 12:53
Nov 17, 2023 - 13:06
 0  36
चितवनमा तस्करले फेरी एकैपटक दुई गैँडा मारे

मङ्सिर ०१ चितवन।

 चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैडा मारेका छन्। निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुलीदेखि झण्डै साढे तीन किलोमिटर दक्षिणपूर्वको कोर क्षेत्रमा दुई पोथी गैडा मारेको अवस्थामा भेटिएको हो।

निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार दुई पोथी गैडा अन्दाजी १८ र ६ बर्षका छन्। दुवै गैडाको खाग तस्करले लगेको तिवारीले बताउनुभयो। बिहिबार दिउसो १२ बजे गैडा मृत भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीलाई खबर गरिएको थियो।

 निकुञ्जका प्राविधिकले गैडाको पोष्टमाटम सुरु गरिएको जनाएका छन्। तस्करले एक सय मिटरमा दुईवटा अलग–अलग खाल्डोको धराप पारेर गैंडा मारी खाग लगेको पाइएको तिवारीले बताउनुभयो। गैंडा तिहारको मौका पारेर केही दिन अगाडि मारेको हुनसक्ने आशंका गरिएको छ। चितवन निकुञ्जमा पाइने ठूलो एकसिंगे गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो।

 चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक बर्षमा मात्रै विभिन्न कारणले आठ वटा गैडाको मृत्यु भएको छ। चितवन निकुञ्जमा ६९४ गैंडा रहेको तथ्यांक छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow