१९औँ एसियाड अन्तिम दिन : नेपाललाई ऐतिहासिक पदक

Oct 8, 2023 - 13:09
 0  87
१९औँ एसियाड अन्तिम दिन : नेपाललाई ऐतिहासिक पदक

काठमाडौँ :  करातेकी एरिका गुरुङले एशियाली खेलकुदमा नेपालको अन्तिम खेल भएको दिन ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् । एशियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करण अन्तर्गत शनिवार भएको खेलमा ६८ केजी तौल समूहमा गुरुङले सेमीफाइनलमा हङ्गकङकी यान काई होलाई ८-४ ले हराउँदै रजत पदक पक्का गरेका हुन् ।

स्वर्ण पदकको लागि भएको फाइनल प्रतिस्पर्धामा भने उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित हुन पुगिन् । करातेतर्फ नेपालले जितेको यो पहिलो रजत पदक हो । यसअघि नेपालले सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक जितेको थियो ।

एरिकाको रजतसँगै जारी एशियाली खेलकुदमा नेपाल दुई वटा पदक लिएर घर फर्किने भएको छ । यसअघि महिला कबड्डिले पदकको श्रीगणेश गरेको थियो । जित पछि एरिकाले भनिन्, ‘यो पदक म देशको लागि समर्पण गर्न चाहन्छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow