स्कुटर र ई-स्कुटर ठक्कर खाँदा दुई जना घाइते

Mar 22, 2024 - 09:54
 0  161
स्कुटर र ई-स्कुटर ठक्कर खाँदा दुई जना घाइते

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-४, धर्मचोकमा बिहीबार स्कुटर र ई-स्कुटर एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । ना २९ प ३८९९ नम्बरको स्कुटर र ई-स्कुटर दुर्घटनामा स्कुटर पछाडि सवार भरतपुर-१६ फुर्ती चोक बस्ने २४ वर्षीय सुनिल गिरी र ई-स्कुटर पछाडि सवार भरतपुर-११ बस्ने ६७ वर्षीया लक्ष्मीदेवी गौतम घाइते भएका छन् । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको र दुवै स्कुटर चालकहरु उपचारमा संलग्न रहेका छन् । दुवै सवारीसाधन जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow