रुपन्देहीमा रात्रीबस दुर्घटना हुँदा २० जना घाइते

Nov 17, 2023 - 13:26
 0  28
रुपन्देहीमा रात्रीबस दुर्घटना हुँदा २० जना घाइते

भरतपुर । रुपन्देहीमा यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तिमा २० जना घाइते भएका छन्।

 काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुवाहक रात्रीबस गएराति रुपन्देहीको देव दह नगरपालिका वडा नम्बर ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

घाइतेहरूमध्ये गम्भीर दुई जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ। गम्भीर घाइते दाङको शान्तिनगर– ५ का २९ वर्षीय वीरेन्द्र चौधरी, र सल्यानको कपुरकोट–५ का ४० वर्षीय रिखि साहुलाई भैरहवा रिफर गरेको हो।

गएराति बा प्र ०३–००१ नम्बरको बस भलुहीमा दुर्घटनामा हुँदा बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको हुन् । प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow