binitakandel32 Nov 30, 2023 0 13
binitakandel32 Nov 30, 2023 0 16
binitakandel32 Nov 30, 2023 0 12
binitakandel32 Nov 28, 2023 0 18
binitakandel32 Jul 27, 2023 0 48
binitakandel32 Sep 27, 2023 0 102
binitakandel32 Sep 4, 2023 0 115
binitakandel32 Aug 2, 2023 0 89
binitakandel32 Aug 1, 2023 0 29
binitakandel32 Sep 29, 2023 0 95
binitakandel32 Sep 28, 2023 0 78
binitakandel32 Sep 26, 2023 0 95
binitakandel32 Sep 26, 2023 0 103
binitakandel32 Sep 5, 2023 0 25
binitakandel32 Nov 19, 2023 0 35
binitakandel32 Jul 31, 2023 0 41
binitakandel32 Oct 12, 2023 0 62
binitakandel32 Oct 11, 2023 0 70
binitakandel32 Oct 8, 2023 0 87
binitakandel32 Oct 6, 2023 0 88
binitakandel32 Oct 2, 2023 0 95
binitakandel32 Jul 31, 2023 0 79
binitakandel32 Oct 5, 2023 0 108
binitakandel32 Aug 1, 2023 0 102
binitakandel32 Jul 31, 2023 0 29
binitakandel32 Jul 31, 2023 0 80
binitakandel32 Jul 30, 2023 0 82
binitakandel32 Jul 31, 2023 0 34
Or register with email
Join our subscribers list to get the latest news, updates and special offers directly in your inbox
काठमाडौँ, २५ कात्तिक । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपंछीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको बताए । उनका अनुसार उक्त क्षेत्रमा रु एक करोड सात लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दुवै जिल्लामा छ सय छ घाइते पशुको उपचारसमेत गरिएको छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ । उनका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ । कृषि बाली तथा पशुपन्छी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उनको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उनले जानकारी दिए । मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिए । मन्त्रालयका पशुपंछी अधिकृत पूर्ण बुढाका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दास नेतृत्वको टोली जाजरकोट, डा राकेश प्रजापतिको नेतृत्वको टोली रुकुम पश्चिम पठाइएको छ । उक्त टोली प्रभावित क्षेत्रका पशुपन्छीको उपचारमा खटेको थियो । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपंछीको उपचारमा लाग्ने टोलीले जनाएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको थियो । पशु सेवा विभागले प्रदेश मातहतका पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिइएको थियो । प्रभावित क्षेत्रमा पठाइएको टोलीले त्यहाँको सबै वस्तुस्थितिबारे बुझेर आवश्यक उपचार सामग्री माग गरेको जनाइएको छ । (रासस)
Like
Dislike
Love
Funny
Angry
Sad
Wow
binitakandel32 Oct 13, 2023 0 28
binitakandel32 Oct 6, 2023 0 3
binitakandel32 Aug 22, 2023 0 5
binitakandel32 Sep 26, 2023 0 13001
binitakandel32 Oct 8, 2023 0 3883
binitakandel32 Oct 9, 2023 0 2147
binitakandel32 Nov 21, 2023 0 333
binitakandel32 Jul 27, 2023 0 261
binitakandel32 Jul 27, 2023 0 132
admin@chitwanlive Jul 26, 2023 0 139
binitakandel32 Jul 23, 2023 0 154
admin@chitwanlive Jul 7, 2023 0 147