टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउनुः दूरसञ्चार प्राधिकरण

Nov 19, 2023 - 13:11
 0  24
टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउनुः दूरसञ्चार प्राधिकरण

काठमाडौं ।नेपाल सरकारले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल टिकटकको प्रयोग भैरहेको जानकारी पाए तत्काल जानकारी दिन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।

 प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो ।

प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow