छठको मुख्य दिन आज सूर्यको पूजा आराधना गरीदैं

Nov 19, 2023 - 13:04
 0  37
छठको मुख्य दिन आज सूर्यको पूजा आराधना गरीदैं

भरतपुर।आज आस्थाको महापर्व छठको मुख्य दिन देशभर सूर्यको पूजा आराधना गरी मनाइँदै छ। आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

 बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्।

काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ। छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने,परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow