चितवन राष्ट्रिय निकुञ्जको बोटोमा गुडिरहेको बाइकमाथि सुकेको रुख ढलेपछि....

Jul 27, 2023 - 13:13
Jul 27, 2023 - 13:45
 0  261
चितवन राष्ट्रिय निकुञ्जको बोटोमा गुडिरहेको बाइकमाथि सुकेको रुख ढलेपछि....
चितवन, साउन ११ -
चितवन राष्ट्रिय निकुञ्जको बोटोमा गुडिरहेको बाइकमाथि सुकेको रुख ढलेको छ ।
माडीबाट भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकलमाथि रुख ढल्दा तीन जना घाइते भएका छन् ।
स्थानीय प्रत्यक्षदर्शी प्रदिप पराजुलीले दिएको जानकारी अनुसार घाइते हुनेमा धादिङ वेनिघाटका ४० वर्षीय नरबहादुर सिलवाल, चितवनको भरतपुर ६ की १० वर्षीय सरिका कुँवर र धादिङ वेनिघाटका ३६ वर्षीय किरन सिलवाल रहेका छन् ।
नरबहादुरको दाहीने पाता र कोखामा चोट लागेकाले एम्बुलेन्स बोलाएर प्रहरीले अस्पतालतर्फ लगेका छन् । थप विवरण आउन बाँकी छ ।
सडकमा रहेको पूराना सुकेका रुखको व्यवस्थापन नगर्दा यात्रुहरुले सास्ती खेप्ने गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow