चितवन जिल्लामा सवारी दुर्घटनामा न्यूनीकरण

Jul 26, 2023 - 20:12
 0  139
चितवन जिल्लामा सवारी दुर्घटनामा न्यूनीकरण
चितवन जिल्लामा सवारी दुर्घटनामा न्यूनीकरण

साउन १०चितवन 
विनिता कंडेल ।
चितवन जिल्लामा सडक दुर्घटनाको संख्यामा न्यूनीकरण आएको छ। गत आर्थिक वर्षको तुलानामा भन्दा यो आर्थिक वर्ष दुर्घटनाको संख्यामा न्यूनीकरण आएको हो । 
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सक्रियताका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा भर्खरै सम्पन्न आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्यामा कमि आएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी निरिक्षक राजकुमार तामाङले बताएका छन् ।
तथ्यांकअनुसार चितवन जिल्लामा पछिल्लो आर्थिक वर्ष ३ सय २ सवारी दुर्घटना हुँदा ७८जनाको मृत्यु भएको छ । भने ४ सय ११ जना सामान्य र एक सय ७० जना गम्भीर घाइते भएका छन् । 
तामाङकाअनुसार जिल्लामा भएका साना तथा ठुला सवारी दुर्घटनामा परि सो संख्यामा ज्यान गुमाउने र घाइते हुनेहरु पुगेका हुन् । 
तथ्यांकअनुसार आर्थिक वर्ष ०७७, ०७८ मा ४ सय ३५ वटा सवारी दुर्घटनाबाट एक सय २८ जनाले ज्यान गुमाएका थिए, भने चार सय १३ जना सामान्य र दुई सय ९० जना गम्भीर घाइते भएका थिए ।
आ.व.०७८, ७९ मा ५ सय ३० वटा सवारी दुर्घटनामा परी १ सय ४० जनाको मृत्यु भएको थियो । सोही समयमा ७ सय ६ जना सामान्य र २ सय ६५ जना गम्भीर घाइते भएको तथ्याङ्कले देखाउँछ ।
यस्तै यसवर्ष चितवनका केही मुख्य सडक पुर्वाधार निर्माणको कार्य जारि रहेकोले पनि सवारि दुर्घटना कम भएको तामाङले बताउँछन । उनी भन्छन् ,“ सडकहरु फराकिलो बनाउने काम भइरहेको बेला तीव्र गतिमा सवारी साधन चलाउन नमिल्ने कारणले गर्दा पनि सवारी दुर्घटनामा न्युनिकरण आएको हो” ।
यस्तै उनले प्रहरीले ठाउँठाउँमा सचेतनामुलक कार्यक्रमसँगै सवारीसाधन चेकिङलाई पनि बढाएकोले गर्दा सवारी दुर्घटनामा कमी आएको जानकारी दिए। यस्तै उनले पछिल्लो समय क्षमता भन्दा धेरै यात्रु बोकेको सवारीलाई कारबाहीको दायरामा ल्याउने गरेकोले पनि दुर्घटना न्युनिकरण भएको उनले बताएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow