चितवनमा गरियो नि:शुल्क बृहत् मुटु रोग क्याम्प

Jul 23, 2023 - 18:39
Jul 24, 2023 - 04:52
 0  154
चितवनमा गरियो नि:शुल्क बृहत् मुटु रोग क्याम्प

रत्ननगर  
विनिता कडेल
चितवनको रत्ननगरमा नि शुल्क बृहत् मुटु राेग क्याम्प सम्पन्न गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था र राेटरी क्लव अफ रत्ननगरको आयोजनामा नेपाल मा. वी. प्राङ्गणमा शनिवार क्याम्प सम्पन्न भएको हो । क्याम्पमा कुल ५ सय १७ जना जनाले सेवा लिएका छन् ।
जसमध्ये ४ सय ३५ इसिजि (Ecg), ३ सय १८ इको(echo ) परिक्षण गराएका हुन् । जसमा महिला २ सय ७५ र पुरुष २ सय ४२ जना थिए । परिक्षण गराएका सेवाग्राही लाई आवस्यक औषधी पनि निशुल्क वितरण गरिएको छ।
उक्त क्याम्पमा भरतपुर अस्पताल,रत्ननगर बकुलहर अस्पताल,औषधी व्यवसायी संघ जिल्ला शाखा चितवन ,
बास्ताेला सर्जिकल लगाएतले सहयोग र सहजिकरण गरेका थिए ।
क्याम्पमा रत्ननगर नगरपालिका का नगरप्रमुख प्रलाद सापकोटाको आतिथ्यता तथा रत्ननगर खानेपानि तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधव अर्यालकाे अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य राेटरी अध्यक्ष हरि कुमार श्रेष्ठ व्यक्त गर्नुभएको थियो । यस्तै क्याम्पमा रत्ननगर पुर्व मेयर 
नारायण वन राेटरि zone 36 का Ag दिनुप बराल खानेपानिका पदाधिकारि तथा राेटरी क्लवका पदाधिकारिहरु को उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow