एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक जित्ने पक्का

Oct 2, 2023 - 10:18
 0  95

1.

काठमाडौं, असोज १५-

हाङझाउ एसियाली खेलकुदमा नेपालले पदक जित्ने सम्भावना बढेको छ। महिला कबड्डीमा सोमबार बंगालदेशलाई ३७–२४ ले पराजित गरेसँगै नेपालको पदक सम्भावना बढेको हो।

सोमबार विहान चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको भिडन्तको १५ मिनेटको पहिलो हाफमा नेपालले २१–१६ को अग्रता लिएको थियो। दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गरेपछि नेपालले जित निकालेको हो।

महिला कबड्डीको समूह ‘बी’ मा नेपाल, इरान र बंगलादेश छन्। समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।

एसियाली खेलकुदको महिला कबड्डीमा सात टिमको मात्र सहभागिता छ। जसमा तीन टिम रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना छ।

नेपालको समूहको इरान बलियो टिम हो। अब नेपालले इरानसँग भोलि खेल्नेछ। सो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ। त्यसका लागि पर्सी इरानले बंगलादेशलाई पराजित गर्नु पर्नेछ।

एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टिमलाई पनि कास्य पदक जिते व्यवस्था छ। यसर्थ नेपालका लागि सेमिफाइनलमा पुग्दै कबड्डीबाट कम्तिमा कास्य पदक जित्ने अवसर छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow