इरानमाथि नेपालको फराकिलो जित

Oct 12, 2023 - 14:02
 0  364
इरानमाथि नेपालको फराकिलो जित

काठमाडौं, असोज २५-

यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । वाईएसडी -यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो 

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।

नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow