चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन, असोज ८ –
नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा प्रचण्ड भर्षेस बादल हुन सक्ने बताएका छन् ।

भरतपुरमा प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘तपाईंहरु दुबै जना चितवनको हुनुहुन्छ । अबको चुनाव चितवनमा प्रचण्ड भर्सेस बादल हुन्छ की हुँदैन भनेर विश्लेषण पनि गर्न थालेका छन् । यो विषयमा के भन्नु हुन्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै बादलले भने, ‘यो विषयमा हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावको मिति तोकिएपछि पार्टीले निर्णय गर्ने छ । प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

प्रचण्ड पार्टीको लाइनलाई छाडेर गुटको स्थापना गर्नतर्फमात्र ध्यान दिने गरेकाले आफू प्रचण्डसँग मिल्न नसकेको उनको भनाइ छ । ‘एउटा पार्टीको लाइन भनेको राष्ट्रियता हो, समाजवाद हो, समृद्धि हो’ भन्दै उनले भने, ‘त्यो लाइन मैले छाड्या हैन यो लाइन प्रचण्डले छाडेका छन् ।’

‘उनीहरु दक्षीणपन्थी विचलन तिर गैह्र राजनीतिक हिसाबले अघि बढेका छन् । एउटा कन्र्फटेबल सरकार गठन गरेका छन् । र लोकतन्त्र, राष्ट्रिय एकता, समाजवाद र समृद्धिको मार्गमा एउटा नयाँ चुनैती यो प्रवृत्तिले खडा गरेको छ’ उनले भने ।

राष्ट्रियताको प्रश्नमा एउटा नयाँ चुनौती अहिलेको गठबन्धनले खडा गरेको उनको भनाइ । गृहमन्त्रालयले कुनै पनि छिमेकी देशको विरुद्धमा नबोल्न भनेको प्रति इंगित गर्दै उनले यो सरकार के चाहन्छ भन्ने यसैबाट पुष्टि हुने बताए ।

समाजवाद उन्मुख राज्यको स्थापना गर्ने भनेर संविधानले नै भनेको बताउँदै उनले यो गठबन्धन पुँजीवादतर्फ गइरहेको बताए । ‘अस्ति अर्थमन्त्रायले एउटा विज्ञप्ति जारी ग¥यो । अब आयस्रोत खुलाउन नपर्ने रे । त्यो भनेको कालो धनको स्रोत खुलाउन नपर्ने हो’ भन्दै उनले भने, ‘जसले यो सरकार दलाल, पुँजीवाद र कालो धनलाई संरक्षण गर्नेतर्फ अघि बढेको पुष्टि हुन्छ ।’

अहिले माओवादीमा पनि एकदमै विवाद रहेको कुरा स्वयम प्रचण्डले भनिरहेको भन्दै उनले भने, ‘मन्त्री हुन लुछातानी छ रे । माओवादीमा पनि सबै प्रचण्डको पछाडि लागेको देखिँदैन । प्रचण्ड आफैले म एक्लिने छु की भनि राखेका छन् ।’

एमालेमा १० बुँदै सम्झौताको बारेमा बोल्दै बादलले १० बुँदे कार्यान्वयन भइरहेको बताए । केन्द्रीय समितिको बैठक बसिरहेको बताउँदै उनले बैठकले ती बुँदालाई एकरुपता ल्याउने बताए ।

एमसीसीको बारेमा बोल्दै बादलले एमसीसीका सम्झौताका बुँदा परिमार्जन गरेरमात्र कार्यान्वयन गर्नुपर्ने पक्षमा आफू र आफ्नो पार्टी रहेको बताए ।

उनले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार सबैप्रति समान हुनु पर्नेमा त्यसो हुन नसकेको बताए । सभामुखले लोकतन्त्र र विधिको शासन उल्लंघन गरिरहेकाले एमालले सभामुखको विरोध गरिरहेको बादलको भनाइ छ ।

About चितवन मिडिया अनलाइन

View all posts by चितवन मिडिया अनलाइन →

Leave a Reply

Your email address will not be published. Required fields are marked *