पटिहानीको अम्ब्रेला स्ट्रीट असोज दोस्रो सातादेखि सन्चालनमा आउने

चितवन, असोज ७–

कोरोना भाइरसका कारण बन्द गरिएको अम्ब्रेला स्ट्रीट असोजको दोस्रो साताबाट पुनः संचालनमा आउने भएको छ ।

भरतपुर महानगरपालिका–२२ पटिहानीस्थित अम्ब्रेला स्ट्रिट छोटो समयमै लोकप्रिय बनेको थियो । यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको थियो । निषेधाज्ञा खुकुलो भएसंँगै देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेपछि अम्ब्रेला स्ट्रीट पनि पुनः सञ्चालनमा ल्याउन लागिएको भ।तपुर महानगरपालिकाले जनाएको छ ।

घुम्न आउन चाहने बाह्य तथा आन्तरिक पर्यटककको लागि अम्ब्रेला स्ट्रीट चाडैँ संचालनमा ल्याउन लागिएको भरतपुर महानगरका राजस्व विभाग प्रमुख बिसुराम कुँवरले जानकारी दिए । अम्ब्रेला स्ट्रीट सञ्चालनको छोटो समयमै पर्यटककको आकर्षण बढेकाले राजस्व संकलनमा पनि निकै महत्वपूर्ण भुमिका खेलेको कुंँवरले जानकारी दिए । महानगरको निणर्य अनुसार असोज १ गतेदेखि नै संचालनमा ल्याउनु पर्नेमा प्राविधिक कारण हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उनको भनाई छ । कुँवरका अनुसार स्ट्रीटमा केही मर्मत(संभार, रंग रोगन गर्नुपर्ने र केही सामाग्री काठमाडौँबाट ल्याउनुपर्ने भएकाले सञ्चालनमा ल्याउन समय लागेको हो ।

भरतपुर– २२ का वडा अध्यक्ष विष्णुराज महतोले अधिकांश छाता पुरानो र फेर्नु पर्ने भएकाले सञ्चालनमा केही ढिलाई भएको बताए । रंग लगाउने काम सुरु भैसकेकोले महानगरको निर्देशन बमोजिम केहि दिनमै अम्ब्रेला स्ट्रीट सन्चालनमा आउने वडा सचिव नवराज खनालले बताए ।

About चितवन मिडिया अनलाइन

View all posts by चितवन मिडिया अनलाइन →

Leave a Reply

Your email address will not be published. Required fields are marked *