भरतपुर २१ प्रकरणमा बिबेकशिल साझाको धारणा निस्पक्ष छानबिन गर

सीपीजी समीर

६ असोज चितवन

बिबेकशिल साझा पार्टी चितवनले भरतपुर २१ प्रकरणमा निस्पक्ष छानबिन गर्न माग गरेको छ।चितवनको भरतपुर महानगरपालिका २१ मा भएको भनिएको अनियमितताको विषयमा अख्तियारलाई दबाबरहित ढंग बाट अनुसन्धान गर्न आग्रह समेत गरेको छ।मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै बिबेकशिल साझा पार्टीले वडा नम्बर २१ मा अनियमितताको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

“अनियमितताको आश्न्का गरिएका भनिएका जन्ताबाट निर्बाचितले नै यस्तो गर्नु निकै लज्जास्पद ,हास्यास्पद र दुस्खद कुरा हो,यसमा निस्पक्ष छानबिन हुन जरुरी छ “।बिज्ञप्तिमा भनिएको छ।बिज्ञपति सार्बजनिक गर्दै बिबेकशिल साझा पार्टी चितवनका संयोजक प्रबिन काफ्लेले जनप्रतिनिधि नै यस्ता क्रियाकलापमा मुछिनु लज्जाको विषय भएको बताए ।जनताबाट चुनेका नेता नै यस्ता प्रकरणमा मुछिए जन्ताले उनिहरुबाट के आशा गर्ने,त्येसैले घटनालाइ राजनितिकरण नगरियोस ,छिटो सत्यतथ्य बाहिर आओस”काफ्लेले भने।

भरतपुर २१ को वडा स्तरिय योजना अन्तर्गत कन्चन टोलका स्थानिय दुर्गा भट्टराइ को घर देखि गणेश मन्दिर सम्म र अर्का स्थानिय गोपाल सापकोटाको घर हुँदै मगर समाजको भवन सम्मको ग्राभेल हाली सडक स्तरोन्नति गर्दा सोही वडाका वडाअध्य्क्ष र उनका छोराले अनियमितता गरेको आशन्का गरिएको थियो।सोही आश्न्काका कारण सो वडामा अखित्यारले छापा समेत मारेको थियो।आश्न्का गरिएका वडाअध्यक्ष आसन्न नेपाली काङ्ग्रेस को चौधौ महाधिवेशनमा प्रत्यासी उम्मेदवार समेत रहेका छ्न।

About चितवन मिडिया अनलाइन

View all posts by चितवन मिडिया अनलाइन →

Leave a Reply

Your email address will not be published. Required fields are marked *