रत्ननगर नगर सभापतिमा सापकोटाको उम्मेदवारी

चितवन,६ असोज ।

नेपाली काङ्ग्रेसको रत्ननगर नगर समितिको सभापतिमा प्रलाद सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । रत्ननगरमा आज आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफ्नो उम्मेदवारी घोषणा गर्नुको साथै आफ्नो प्यानलको उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् ।


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यहि असोज ९ गते हुने नगर अधिवेशनका सापकोटा प्यानलबाट उप सभापतिमा केदारमान बाइवा र शिवकान्त पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन्। सचिवमा तिर्थराज सुवेदी र विरेन्द्र चौधरी, सह–सचिवमा अमृत मल्ल र गोबिन्द भट्टराई रहेका छन्।


उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै सापकोटाले कांग्रेसको नेतृत्व युवाहरुले गर्नुपर्ने अहिलको आवश्यकता बमोजिमनै आफूहरुले उम्मेदवारी दिएको बताए। उनले आगामी निर्वाचनमा आफ्नो कुनै पनि पदमा उम्मेदवारी नरहने बताउँदै सबै ठाउँमा कांग्रेसको जित सुनिश्चित गर्ने गरि सिङ्गो पार्टी एक बनाउन अभियानमा लाग्ने बताए। रत्ननगर नगर सभापतिमा सापकोटा र रुपनराज घिमिरेबिच प्रतिस्पर्धा हुनेछ ।

About चितवन मिडिया अनलाइन

View all posts by चितवन मिडिया अनलाइन →

Leave a Reply

Your email address will not be published. Required fields are marked *