पुरानो मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

चितवन, असोज ५

भरतपुरको पुरानो मेडिकल कलेजमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार चितवनको एक जना कोरोनाका बिरामीको आज मृत्यु भएको हो ।
पुरानो मेडिकल कलेजमा ३ जनासहित चितवनका विभिन्न अस्पतालमा ५६ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् ।

जसमध्ये आईसीयूमा २० जना, भेन्टिलेटरमा पाँच जना, एचडीयूमा १५ जना र सामान्य बेडमा २१ जना रहेका छन् । ।विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट कोरोनाका ११ जना बिरामी डिस्चार्ज भएका छन् ।

About चितवन मिडिया अनलाइन

View all posts by चितवन मिडिया अनलाइन →

Leave a Reply

Your email address will not be published. Required fields are marked *