लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडिजको चिठ्ठा नतिजा सार्वजनिक

कार्तिक १५, चितवन ।

लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडीजद्धारा अनाथ बालबालिकाको सहयोगार्थ चिठ्ठाको नतिजा सार्वजनिक गरिएको छ ।

गोला प्रथाद्वारा भएको नतिजामा उपहार योजना अन्तर्गत रुद्ररबी खडका प्रथम भएका छन । खड्काले ३२ इन्चको एलइडि टिभी पाएका छन । त्यस्तै सानू श्रेष्ठले दितिय पुरस्कार हात परेका छन उहाले १८५ लिटरको फ्रीज पाएको छ भने सन्देश लगुनले तितिय पुरस्कार जित्न सफल भएका छन लगुनले माइक्रो ओभन जितेका छन त्यस्तै योगेस श्रेष्ठ ,सुनिल श्रेष्ठ ,मन्जिल गजमेर, अर्जुनप्रसाद शर्मा,शंकर पल,निकिता सुनार, र बिपिन ताम्राकारले सान्त्वना पुरस्कार जितेका छन।

उनिहरुले वाटर हिटर मग पाएका छन । सहयोगार्थ प्रति टिकट एक सय रुपैयाँ राखिएको थियो । दसैं अगाडिदेखि टिकट बिक्री गरिंँदै आएको थियो । नारायणगढ गोल्डेन लेडिज जेसिसले बिगतका दिनहरुमा पनि यस्तै प्रकारका विभिन्न सामाजिक कामहरु गरिएको र अगामी दिनहरुमा पनि यस्तै प्रकारको सामाजिक कार्यहरुलाई निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।चिठ्ठा उपहार अन्तर्गत बाकी रहेको पैसा अनाथ बालबालिकाको लागि सहयोग गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *